दफा ४०
सञ्चार प्रतिष्ठानसम्बन्धी समाचार प्रकाशन गर्नमा प्रतिबन्ध
श्रमजीवी पत्रकारले
सञ्चार प्रतिष्ठानद्वारा अख्तियार नपाई आफूले पत्रिकाको व्यवस्थापकीय वा समाचार संकलन
सम्बन्धी कायम गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानूनद्वारा निषेधित विषय, आफूले
लेखेको वा संकलन गरेको कुनै कागज पत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अरु
अनधिकृत व्यक्ति वा प्रेसलाई दिनु वा बताउनु हुँदैन ।